images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • उन्नति सहकार्य लघुवित्तको यस्तो छ वित्तीय...

उन्नति सहकार्य लघुवित्तको यस्तो छ वित्तीय अवस्था

उन्नति सहकार्य लघुवित्तको यस्तो छ वित्तीय अवस्था

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको छ।

    images
    images

    गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १५६.०४ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी गत वर्षभन्दा बढी भएकाले खुद नाफामा वृद्धि देखिएको हो । 

    गत वर्ष १० करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको कुल सञ्चालन आम्दानी यस वर्ष १३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापुँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ छ ।

    images
    images

    रिनर्न अर्निङ १ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने १० करोड १ लाख रुपैयाँभन्दा बढी छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १३ करोड ७६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिसम्म २ अर्ब २९ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

    त वर्ष ५ दशमलव ७४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष घटेर ४ दशमलव ८३ प्रतिशत कायम भएको छ । ५ रुपैयाँ १७ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १ हजार ५९८ रुपैयाँ २१ पैसा छ ।


     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend