images

२०८३ आश्विन २० गते

images
images
images

‘एक्टर–टेक वान’लाई रिलिजको बाटो खुल्यो

‘एक्टर–टेक वान’लाई रिलिजको बाटो खुल्यो

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौँ ।  फिल्म ‘एक्टर–टेक वानְ’लाई रिलिजको बाटो खुलेको छ । फिल्मलाई मुद्दा हाल्ने नेपाली डायस्पोरा इन्टरटेनमेन्ट र ‘एक्टर : टेक वान’का निर्माताहरूबीच सहमति भएसँगै रिलिजको बाटो खुलेको हो ।

    images
    images

    बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले मंगलबार आदेश जारी गरेको थियो ।डायस्परा इन्टरटेनमेन्टले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम मिलेको भन्दै मुद्दा दायर गरेको थियो ।

    निर्माण कम्पनीले एक विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शनका लागि बिहीबारबाट बाटो खुलेको जानकारी दियो ।राजन भूसालले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव लगायतका कलाकारको प्रमुख भूमिका छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend