images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मार्जिन कारोबारका लागि नेप्सेले सार्वजनिक गर्यो...

मार्जिन कारोबारका लागि नेप्सेले सार्वजनिक गर्यो योग्य १०२ सूचीकृत कम्पनी,कुन-कुन परे ? (सूचीसहित)

मार्जिन कारोबारका लागि नेप्सेले सार्वजनिक गर्यो योग्य १०२ सूचीकृत कम्पनी,कुन-कुन परे ? (सूचीसहित)

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।मंगलबार सूचना जारी गर्दै  नेप्सेले १०२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूचीमा राखेको हो।

    images
    images

    यस अघि नेप्सेले सार्वजनिक गरेको यो सूचीमा ११२ वटा कम्पनी रहेका थिए । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ । 

    मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा १६ वटा वाणिज्य बैंक ,६ वटा राष्ट्रियस्तरका विकास बैंक,३३ वटा लघुवित्त संस्था,९ वटा जीवन बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी,एउटा पुनर्बीमा कम्पनी र एउटामात्रै फाइनान्स कम्पनी परेका छन्। यस्तै,लगानी समूहका ४ वटा, उत्पादन समूहका ३ वटा, जलविद्युत समूहका १५ वटा, होटल समूहका २ वटा र अन्य समूहबाट नेपाल टेलिकम पनि मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा परेका छन्।

    images
    images

    वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, एनएमबि, एनआईसी एसिया, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल बैंक, नबिल, माछापुच्छ्रे, कुमारी, हिमालयन, ग्लोबल, एभरेष्ट, सिटिजन्स र कृषि विकास बैंक मार्जिन कारोबारयोग्य कम्पनीमा परेका छन्। राष्ट्रियस्तरका ६ वटा विकास बैंकतर्फ गरिमा, लुम्बिनी, महालक्ष्मी, मुक्तिनाथ, सांग्रिला र शाइन रेसुंगा छन्।

    जीवन बीमा कम्पनीतर्फ एसियन लाइफ, आइएमई लाइफ, नेसनल लाइफ, नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र सूर्यज्योति लाइफ परेका छन्। त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन एभरेष्ट, नेको, एनएलजी, प्रभु, सगरमाथा लुम्बिनी, शिखर, सिद्धार्थ, युनाइटेड अजोड र नेपाल इन्स्योरेन्स पनि मार्जिनयोग्य कम्पनीको सूचीमा परेका छन्। 

    यो सूचीमा नेपाल पुनर्बीमा कम्पनी पनि परेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend