काठमाडौं । मुलुक भरका बैंकहरुले कर्जा नतिरेका कारण धेरै नागरिकका घर लिलामि गर्ने प्रक्रिया तीव्र पारेका छन् । पछिल्लो केही महिनायता कर्जा नतिरेको कारण प्रभावित भएका धेरै घर धनीहरुका घरहरुलाई बैंकहरुले लिलामि गर्न थालिसकेका छन् । यसले बैंकबाट कर्जा लिएर घर बनाएका हजारौं व्यक्तिहरूको जीवनमा कठिनाइ थपिएको छ ।
बैंकहरुले लिलामि प्रक्रिया प्रारम्भ गर्दा धेरै परिवारलाई आफ्नो सम्पत्ति गुमाउने डर रहेको छ । विशेषगरी मध्यवर्ती र सानो कर्जा लिएका नागरिकको संख्या बढ्दै गएको छ । उनीहरुलाई बैंकबाट लिएको कर्जाको भुक्तानी नगरेको कारण घर गुमाउने स्थितिमा पुगेका छन् ।
नेपाल राष्ट्र बैंकको नियमनका अनुसार, कर्जा लिएका व्यक्तिहरुले समयमै कर्जा तिर्नुपर्ने र समय सीमा नाघेमा बैंकहरुले कर्जाको असुलीका लागि घर लिलामि गर्न सक्ने व्यवस्था छ । यद्यपि, बैंकहरुले लिलामि अघि वकिलको मार्फत सचेत गराउने प्रक्रिया अपनाउने गरेका छन् ।बैंकबाट लिएको ऋण समयमै नबुझाएपछि बैंकहरुले अहिले धमाधम ऋणको ब्याज र साँवा रकम नतिरे सम्पत्ति लिलामी गर्ने गरी सार्वजनिक सूचना जारी गरिरहेका छन् ।
बैंकले कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि सुरक्षणमा राखिएको चलअचल जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्ने प्रक्रिया अघि बढाउने गर्छन् ।
हाल कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक तथा कुमारी बैंकले घर जग्गा लिलाम बिक्रीको कार्यलाई तिव्रता दिएका छन् । यी बैंकले पछिल्ला दिनहरुमा धितोमा रहेको घरजग्गा लिलामी तथा ऋणिलाई ऋण चुक्ता गर्ने सम्वन्धी सुचना प्रकाशित गर्दै आईरहेका छन् बैंकका विभिन्न साखाहरुबाट ऋण लिएर समयमै नबुझाउने ऋणिहरुलाई ताकेता गर्दै ३५ दिन भित्र ऋण नतिरे घरजग्गा लिालामि गरिने सुचनामा उल्लेख छ ।
त्यस्तै हिजो सोमवार सांग्रिला डेभलभमन्ट बैंकले सूचना प्रकाशित गर्दै गैर बैँकिङ सम्पत्तिको रुपमा रहेका घर–जग्गाको लिलाम बिक्रीका लागि ७ दिने बोलपत्र आह्वान गरेको हो । हिजो नै हिमालय बैंक र नबिल बैंकले कर्जा चुक्ता गर्ने सम्बन्धि सूचना जारी गरेको छ । नबिल बैंकको पर्सा बजार, चितवन शाखाका ऋणीलाई कर्जा चुक्ता भुक्तान गर्न सुचना जारी गरेको थियो भने हिमालय बैंकले बिरगंज, झापा, र बाराको विभिन्न शाखाका ऋणीलाई ३५ दिन भित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।




.gif)





