images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार, कुनको...

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार, कुनको कति बढ्यो ?

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार, कुनको कति बढ्यो ?

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं।वाणिज्य बैंकहरुमा निक्षेप संकलन साढे १० प्रतिशतले वृद्धि भएको छ। 

    images
    images

    नेपाल बैंकर्स संघका अनुसार गत पुस मसान्तसम्म वाणिज्य बैंकहरु कुल निक्षेप संकलन ५ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ बढेर ५९ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।

    एनआइसीको निक्षेप गत वर्षको पुस तुलनामा १७.७० प्रतिशत घटेर ३ खर्ब १३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ। एनआइसी एशिया बाहेक अन्य बैंकहरुको निक्षेपमा वृद्धि भएको छ ।

    images
    images

    निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ। बैंकको निक्षेप संकलन ३२.५८ प्रतिशतले वृद्धि भई ४ खर्ब ४६ अर्ब ८२ करोड कायम भएको छ। साथै, नेपाल बैंकको पनि १९.०९ प्रतिशत वृद्धि भई ३ अर्ब ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।

    रकमको आधारमा सबैभन्दा धेरै निक्षेप संकलन गरेको ग्लोबल आइएमई बैंकले ५ खर्ब ३४ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । गत आवको पुसको तुलनामा भने यो १३.८८ प्रतिशत हो ।

    साथै, समीक्षा अवधिमा सिटिजन बैंकको निक्षेप १७.७४ प्रतिशत, एभरेष्टको १७.५७, सानिमाको १३.४९, प्राइमको १२.७६ प्रतिशत, नेपाल एसबिआईको १२.०९ प्रतिशत, सिद्धार्थको १०.२१ प्रतिशत, कुमारीको ९.९०, कृषि विकासको ९.६०, लक्ष्मी सनराइजको ९.०४, प्रभुको ७.९७, माछापुच्छ्रेको ६.५० र एनएमबिको ६.३२ प्रतिशत वृद्धि भएको छ ।वाणिज्य बैंकहरूको निक्षेपमा भएको यो वृद्धि अर्थतन्त्रको मजबुत विकास र बैंकिङ क्षेत्रको सुदृढीकरणका लागि सकारात्मक संकेत हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend