images

२०८३ आश्विन १५ गते

images
images
images

बिर्सेर पनि दोस्रो पटक तताउन नहुने यी चार खानेकुरा, स्वास्थ्यका लागि घातक

बिर्सेर पनि दोस्रो पटक तताउन नहुने यी चार खानेकुरा, स्वास्थ्यका लागि घातक

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं ।  हाम्रो घरका अभिभावकदेखि स्वास्थ्य विशेषज्ञसम्म ताजा खाना खाने सल्लाह दिँदै आएका छन् । वास्तवमा ताजा खानाले हामीलाई स्वस्थ राख्नुको साथै रोग लाग्नबाट पनि बचाउँछ ।

    images
    images

    यद्यपि, आज-भोलिको व्यस्त जीवनशैलीका कारण दिनमा दुई–तीन पटक खाना पकाउन निकै गाह्रो भइरहेको हुन्छ । जसले गर्दा खानेकुरा एकै पटक पाएर राख्ने गरिन्छ र त्यसलाई पुनः तताएर खाने गरिन्छ । यसो गर्नुको उद्देश्य समयको वचतका साथै खाना खेर जान पाउँदैन । तर के तपाईँलाई थाहा छ ? केहि त्यस्ता खानेकुराहरु छन्, जसलाई दोस्रो पटक तताएर सेवन गर्नु खतरनाक हुन्छ ।

    यो कुरालाई लिएर विभिन्न पटक विज्ञहरूले चेतावनी पनि दिएका छन् । केही खानेकुरालाई पुनः तताउँदा विषाक्त हुने भएकाले गम्भीर रोग निम्त्याउन सक्छ भन्ने कुरा विशेषज्ञहरुले बताएका छन् । अस्ट्रेलियाका डाइट विशेषज्ञ किम लिडेसले निम्न खानेकुरालाई पुनः तताएर नखान सल्लाह दिँदै दोस्रो पटक तताएर खानु खतरनाक हुनसक्ने कुरामा जोड दिएका थिए । कुन-कुन खानेकुरा दोस्रो पटक तताउँदा विषालु हुन्छन् त ?

    images
    images

    आलु

    आलु सबैभन्दा लोकपिञ्य खानेकुरा हो । आलुलाई सबै प्रकारका तरकारीमा मिसाउने गरिन्छ । यसै पनि आलुमा धेरै किसिमका पोषक तत्व पाइन्छ, तर यसमा क्लोस्ट्रीडियम बोटुलिनम नामको ब्याक्टेरिया पनि हुने गर्छ, जुन पकाइसकेको आलुलाई पुनः तताउँदा उक्त ब्याक्टेरिया धेरै गुणा बढ्न सक्छ। पकाएको आलु कोठाको तापक्रममा राखेर फेरि तताउँदा यसमा ब्याक्टेरिया बढ्न सक्छ ।

    कुखुराको मासु

    कुखुराको मासुमा साल्मोनेला हुन्छ, जसलाई फेरि तताउँदा समस्या हुन सक्छ । कुखुराको मासु पुनः तताउँदा यसको प्रोटिन कम्पोजिशनमा परिवर्तन हुन्छ, जसले गर्दा पाचन प्रणालिमा समस्या उत्पन्न हुन्छ।

    पालुङ्गो अथवा हरियो सागपात

    पालुङ्गो अथवा हरियो सागपातमा धेरै मात्रामा आइरन पाइन्छ । यसमा नाइट्रेट पनि प्रशस्त मात्रामा पाइन्छ । जब यी कुराहरुलाई फेरि तताइन्छ, यी नाइट्रेटहरू नाइट्राइटमा परिणत हुन सक्छन्, जुन हानिकारक हुन्छ ।

    अण्डा

    एक पटक तताइसकेको अण्डा जब दोस्रो पटक तताइन्छ, तब अण्डामा रहेको हाई प्रोटिन कन्टेन्ट खराब हुन्छ र यसमा टक्सिक केमिकल उत्पन्न हुन्छ । अर्को पटक तताउँदामा अण्डाको टेक्सचर पनि रबर जस्तै हुन सक्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend