images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • समता घरेलु लघुवित्तले बोलायो साधारणसभा, लाभांश...

समता घरेलु लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव पारित गरिने

समता घरेलु लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव पारित गरिने

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं ।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो एघारौं वार्षिक साधारणसभा बोलाएको छ।कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले आउदो फागुन ११ गते  साधारणसभा बोलाएको हो।

    images
    images

    सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि  सुरु हुनेछ ।सभाले हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा बढाउन र प्रबन्त्रपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    images
    images

    सभामा सेयर संरचना संशोधन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, चालू आवको वार्षिक कार्यक्रम, योजना तथा बजेटमाथि छलफल सहित अनुमोद गर्ने र १ जना महिला सहित ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गरिनेछ ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्जोज गर्ने निर्णय गरेकाले माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend