images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • वैदेशिक रोजगारमा रहेकालाई क्रेस्ट माइक्रोलाइफको आईपीओ...

वैदेशिक रोजगारमा रहेकालाई क्रेस्ट माइक्रोलाइफको आईपीओ खुल्यो

वैदेशिक रोजगारमा रहेकालाई क्रेस्ट माइक्रोलाइफको आईपीओ खुल्यो

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुलेको छ ।

    images
    images

    कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन हुन लागेको हो ।

    अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको छ । माघ २९ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ ।

    images
    images

    इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend