images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने...

प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी, यस्ताे छ फिचर

प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी, यस्ताे छ फिचर

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ ।

    images
    images

    मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन ‘इमास ७’ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन् ।

    प्रोटन ‘इमास ७’ ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।

    images
    images

    यी मूल्याङ्कनहरूले ‘इमास ७’ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनिले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

    हाल नेपालमा इभी बजार आकर्षित भएको समय ‘इमास ७’ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend