images

२०८३ आश्विन १८ गते

images
images
images

सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक

सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौँ । सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजनिक गरिएको छ । 

    images
    images

    चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले गरेको सार्वजनिक गरेका थिए। कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो, जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो। 

    कार्यक्रमका मुख्य वक्ता  ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त  सफलताको बारेमा चर्चा गरे । आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ। उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ।  

    images
    images

    आयन भीको मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार राखेको छ भने लक्जरी भर्जनको रु ६९ लाख ९९ हजार राखेको छ। आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend