images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा...

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । यस बैंकको एक अर्ब रूपैयाँभन्दा बढी निक्षेप हिनामिना भएको प्रकरण बाहिरिएपछि सीआईबीले अनुसन्धान सुरू गरेको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकले छानबिनका लागि जाहेरी दिएपछि यसबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।उनले नेपाल प्रेससँग भने, ‘कर्णाली बैंकको निक्षेप हिनामिनाबारे राष्ट्र बैंकले जाहेरी दिएको छ । यसबारे हामीले अनुसन्धान थालेका छौँ ।’

    सीआईबीले बैंकका अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई केन्द्रमा राखेर अनुसन्धान थालिएको छ । राष्ट्र बैंकले तयार पारेको रिपोर्टले निक्षेप हिनामिना भएको देखाएको छ ।

    images
    images

    गत पुस १० गते राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापनको जिम्मा लिएको छ । हाल कर्णाली बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह खटिएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend