images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • एनआरएन इन्फ्रास्ट्रक्चर हकप्रद ल्याउदै ,बिक्रि प्रबन्धकमा...

एनआरएन इन्फ्रास्ट्रक्चर हकप्रद ल्याउदै ,बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

एनआरएन इन्फ्रास्ट्रक्चर हकप्रद ल्याउदै ,बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो हकप्रद सेयर निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

    images
    images

    कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ।यस सम्बन्धमा एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा विक्रि प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    यो सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आ.व. २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्काशनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ् लिमिटेडद्वारा गरिने छ।

    images
    images

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९/०५/३१ गते दर्ता भई जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका विभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ। यसका संस्थापक सेयरधनीहरु विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व भएका छन्। नेपाल एसबिआई मर्चेण्ट बैंकिङ् लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो र यसले धितोपत्र बजारसँग सम्बन्धित विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend