images

२०८३ आश्विन ३० गते

images
images
images

शुभ समृद्धि सहकारीको रकम ठगी प्रकरणमा सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा दायर

शुभ समृद्धि सहकारीको रकम ठगी प्रकरणमा सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा दायर

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । ललितपुरको मानभवनस्थित शुभ समृद्धि सहकारीको रकम ठगी प्रकरणमा सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    images
    images

    बचतकर्ताको पाँच करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सहकारी सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १० माघमा मुद्दा दायर गरेको हो ।

    प्रतिवादीहरुमा सहकारीका अध्यक्ष रामेछाप घर भएका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराई, सञ्चालक समिति सदस्य ३१ वर्षीय विकाश शिवाकोटी रहेका छन् ।

    images
    images

    त्यस्तै ३१ वर्षीया भावना तिमल्सिना, ३७ वर्षीय केदारबाबु कटुवाल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षीय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत, अर्का सदस्य ३८ वर्षीया शर्मिला शाक्यविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    उनीहरुले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बनाइएका मध्ये कोषाध्यक्ष रमेशलाल भट्टराई यसअघि बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेको समेत खुलेको छ ।

    ७ माघ २०८० मा उनीविरुद्ध ललितपुरबाटै बैंकिङ कसुरको मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध २१ लाख ४० हजार बिगो भराउने, क्षतिपूर्ति वापत ८५ हजार ६०० रुपैयाँ पीडित राहत कोषमा भराउने र ५ दिनको कैद फैसला भएको थियो ।प्रतिवादीहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्गर्तको ठगी गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको छ । जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी संहिताकै दफा २५४ बमोजिम क्षतिपूर्तिको समेत मागदाबी गरिएको छ । यो सहकारीविरुद्ध ४१ जनाले जाहेरी दिएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend