images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • सरकारी कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी...

सरकारी कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी,तीन महिनामा पासवर्ड फेर्नुपर्ने

सरकारी कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी,तीन महिनामा पासवर्ड फेर्नुपर्ने

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गरेको छ ।

    images
    images

    सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी गरेको एड्भाइजरीमा तीन तीन महिनामा पासवर्ड

    परिवर्तन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ । 

    images
    images

    एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ । घर परिवार आफन्त साथीभाइको नाम, मोबाइल नम्बर जस्ता सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग गर्न पनि भनेको छ ।

    डाटाको नियमित रुपमा ब्याकअप राख्ने, अर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने, इमेललगायतका सूचना प्रविधि प्रणालीहरुमा मल्टी फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने जस्ता विषय २१ बुँदे निर्देशनमा रहेका छन् । 

    यस्तो छ पूर्णपाठ

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend