images

२०८३ आश्विन २० गते

images
images
images

साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव

साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ । तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनियो । लामो समयसम्म वास्तुकलाका विद्यार्थीका लागि साँखु सहर अध्ययन गर्ने स्थल बन्यो ।

    images
    images

    स्वदेशी एवं विदेशी पर्यटकका लागि ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको यो सहर दर्शनीयस्थलका रूपमा स्थापित भयो ।विस्तारै यहाँका मौलिक घरका स्थानमा आधुनिक कङ्क्रिटका घर बन्न थाले । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गरेपछि साँखुको मौलिकतामा आधुनिक घर बन्ने क्रम अझै बढ्यो । विस्तारै साँखु सहरको मौलिकता गुम्ने खतरा बढ्न थाल्यो । शङ्खदेवले बनाएको सहरका आठ ढोकामध्ये अहिले पाँचवटा मात्र अस्तित्वमा छन् ।

    कति पोखरी मासिए, यस्ता धेरै सम्पदा मासिन थालेपछि यहाँको मौलिकता हेर्न आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि कमी हुन थाल्यो । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालीनदीमा लाग्ने श्रीस्वस्थानी माधवनारायण मेलामा लाखौँ धार्मिक पर्यटक आउने तर मौलिक सम्पदा सहरमा नजाने अवस्था आउन थालेपछि स्थानीय सरकार जुर्मुराएर शङ्खरापुर सक्व महोत्सव आयोजना गर्न कस्सियो ।

    images
    images

    महोत्सवका बारेमा जानकारी दिन नरपालिकाले साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख रमेश नापितले काठमाडौँ उपत्यका जलमग्न हुँदा बस्ती बसिसकेको मौलिक सम्पदाले भरिपूर्ण सहर साँखुलाई विश्वभर परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । वार्षिक रूपमा शालीनदीमा ३० देखि ४० लाख पर्यटक आउने भएकाले तिनलाई मौलिक सहरको प्राचीन बस्ती पनि घुमाउने उद्देश्यले शालीनदी मेलाकै अवसर पारेर यही माघ १६ देखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

    बज्रयोगिनी, शालीनदी र प्राचीन बस्तीले युक्त साँखु सहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनि नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख नापितले बताए । नगरपालिका वडा नं ८ का वडाध्यक्ष पोते थिङ बज्रयोगिनी र मणिचुडलाई जोडेर यहाँ अर्को महोत्सव पनि वैशाखमा गर्नेगरी तयारी गरिएको बताए ।यसअघि आर्थिक वर्ष २०७३/७४ मा बज्रयोगिनी मणिचुड महोत्सव गरिएको उल्लेख गर्दै उनले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि फेरि महोत्सवको तयारी भइरहेको बताए । स्वदेशी एवं विदेशी पर्यटकलाई शङ्खरापुरमा रहेका प्राचीनकालका मठमन्दिर चिनाउन महोत्सव प्रभावकारी माध्यम हुने वडाध्यक्ष थिङको विश्वास छ ।

    नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका अवसर पारेर शालीनदी पुग्ने तर साँखुको प्राचीन मौलिक सहर नचिन्नेका लागि महोत्सव वरदान सावित हुने बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend