images

२०८३ आश्विन ३० गते

images
images
images

बैंकहरुमा तरलता बढी भएपछि ४० अर्ब खिच्दै गर्दै राष्ट्र बैंक

बैंकहरुमा तरलता बढी भएपछि ४० अर्ब खिच्दै गर्दै राष्ट्र बैंक

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमास सकिँदा पनि ऋणको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब बढ्दै गएको छ ।

    images
    images

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आइतबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार नेपाल राष्ट्र बैंकले २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्ने भएको हो ।

    निक्षेप संकलन उपकरण राष्ट्र बैंकले तरलता प्रशोचन गर्न प्रयोग गर्ने विभिन्न उपकरण मध्ये एक हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले तरलता प्रशोचन गर्ने गर्छ ।

    images
    images

    आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज फिर्ता ४ फागुनमा हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend