images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज...

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ ९ गतेदेखि ऋणपत्र खुला गरेको थियो जसमा अवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images
    images

    प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ।फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ। यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ। यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ।

    images
    images

    उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने माघ २३ गतेसम्म खुला रहनेछ। न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले फाइनान्सलाई केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend