images

२०८३ आश्विन १९ गते

images
images
images

छ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

छ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ, १३ माघः गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१।८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । 

    images
    images

    कार्यालयले साउन देखि पुस सम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिनुभयो । भन्सार विभागले आव २०८१।८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उहाँले बताउनुभयो । यो साउन देखि पुस सम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

    भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा रु तीन करोड ४७ लाख १४ हजार सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।

    images
    images

    यसैबीच रौतहट प्रहरीले गत साउनयता रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो । सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, एक सय आठवटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल र चारवटा सिटीरिक्सा बरामद गरी  भन्सार कार्यालयलाई बुझाएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु ६८ लाख २४ हजार पाँच सय राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend