images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको...

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमाथि अदालतको रोक

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमाथि अदालतको रोक

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शपथ ग्रहणको दिन जारी गरेको एक कार्यकारी आदेशमाथि त्यहाँको संघीय अदालतले रोक लगाएको छ। नागरिकता सम्बन्धी प्रावधानलाई संशोधन गर्दै अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमाथि त्यहाँको अदालतले रोक लगाएको हो।

    images
    images

    अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले अस्थायी रूपमा यो आदेशमाथि रोक लगाएको बीबीसीले जनाएको छ।

    अदालतमा अमेरिकाका चार राज्यः वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगनले जन्मेकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए।

    images
    images

    ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ बाट लागू हुने बताइएको थियो। जसले गर्दा अमेरिकामा अपरेसन गरेर बच्चा जन्माउनेको संख्या समेत भारी मात्रामा वृद्धि भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

    ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कुन परिस्थितिमा अमेरिकी नागरिकता प्रदान गरिने छैन भनेर उल्लेख गरिएको छ।

    –अमेरिकामा जन्मेको बच्चाकी आमा गैरकानुनी रूपमा बसिरहेकी छन् भने

    –बच्चा जन्मेको समयमा बुबा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा होइनन् भने

    –बच्चा जन्मेको समयमा आमा अमेरिकाको वैध तर अस्थायी बासिन्दा हुन् भने

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend