images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • विद्युतीय प्रणालीमार्फत सबै प्रकारका भुक्तानी बैंक...

विद्युतीय प्रणालीमार्फत सबै प्रकारका भुक्तानी बैंक खातामा गर्नुपर्ने

विद्युतीय प्रणालीमार्फत सबै प्रकारका भुक्तानी बैंक खातामा गर्नुपर्ने

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौं । सबै प्रकारका भुक्तानीहरू सोझैँ बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी (इएफटी) गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयले भनेको छ ।अर्थ मन्त्रालयले गत मङ्गलवार आर्थिक वर्ष २०८१ र ०८२ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै यस्तो भनेको हो ।

    images
    images

    ‘नगद कारोबार गर्दा हुन सक्ने जोखिम कम गर्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक र परामर्शदाताको अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी (इएफटी) गर्ने व्यवस्था मिलाउनु हुनेछ’, अर्थ सचिव मधुकुमार मरासिनीले जारी गरेको मार्ग दर्शनमा भनिएको छ, ‘तलब, भत्ता, औषधि उपचार, उपदान, सञ्चित बिदा र सामाजिक सुरक्षा भत्तालगायतका सबै प्रकारका भुक्तानीहरू सोझै बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी (इएफटी) गर्ने व्यवस्था मिलाउनु हुनेछ ।’

    स्वीकृत रकम एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षक वा एक खर्च शीर्षकबाट अर्को खर्च शीर्षकमा एउटा कार्यालयबाट अर्को कार्यालयमा रकमान्तर गर्नु परेमा घटाउने बजेट उपशीर्षक वा खर्च शीर्षकमा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस) मा नै रोक्का राखी रोक्का नम्बरसहित अर्थ मन्त्रालयले तोकेको ढाँचामा रकमान्तर माग गर्नु,गराउन भनिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend