images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • नेपाली मुलका कटुवाल २०२५ का लागि...

नेपाली मुलका कटुवाल २०२५ का लागि बेलायतको १०० प्रभावशाली व्यक्तिको सूचिमा

नेपाली मुलका कटुवाल २०२५ का लागि बेलायतको १०० प्रभावशाली व्यक्तिको सूचिमा

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन्।

    images
    images

    कटुवालले पटकपटक गरी दुई लाख ५० हजार भन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।

    सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवी देखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् ।

    images
    images

    कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुन् । बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक छ हजार माइलको पैदल यात्रा गरेका छन् । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

    त्यस्तै, कटुवालले कोरोना सङ्क्रमण कालमा सङ्कटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका थिए । पानस हेल्पिङ ह्यान्डस् च्यारिटी समेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्ड समेत पाएका थिए । उनले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend