images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमको डाटा सेन्टर काठमाडौं र...

नेपाल टेलिकमको डाटा सेन्टर काठमाडौं र भैरहवामा बन्ने, हुवावेले पायो टेन्डर

नेपाल टेलिकमको डाटा सेन्टर काठमाडौं र भैरहवामा बन्ने, हुवावेले पायो टेन्डर

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । नेपाल टेलिकमको डाटा सेन्टर निर्माणको जिम्मा चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले पाएको छ। नेपाल टेलिकमले अगस्ट २२ मा आब्हान गरेको टेन्डर हुवावले हात पारेको हो। 

    images
    images

    नेपाल टेलिकमको डाटा सेन्टरको पूर्वधार निर्माण र जडानको काम हुवावे टेक्नोलोजिस् को‍. लिमिटेडले पाएको छ। नेपाल टेलिकमले स–साना डाटा सेन्टर प्रयोग गरिरहेकोमा अब २ ठूला डाटा सेन्टर बनाउन लागेको टेलिकमले जनाएको छ। 

    ‘अहिले स–साना धेरै डाटा सेन्टर प्रयोग गरिरहेका छौं,’ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रवक्ता हरि ढकालले भने,‘अब काठमाडौं र पोखरामा ठुला डेटा सेन्टर बन्छन्।’

    images
    images

    उनले हुवावेसंग ५-६ वर्षकोलाागि सम्झौता भएको बताए। पूर्वधार निर्माणसंगै बाह्य व्यवस्थापन हुवावेले सहयोग गर्ने छ। नेपाल टेलिकमले ७ लाख ६७ हजार अमेरिकी डलरमा बुझाउने छ भने ३७ करोड ८१ लाख नेपाली रुपैयाँमा बुझाउने छ।हुवावेले डाटा सेन्टर निर्माणकालािग साढे ४८ करोड नेपाली रुपैयाँ बराबरको ठेक्का  हात पारहेको हो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend