images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग बढ्दो,६...

नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग बढ्दो,६ महिनामै १६ अर्बको आयात

नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग बढ्दो,६ महिनामै १६ अर्बको आयात

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं ।  नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि माग र आपूर्ति चुलिंदो छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनासम्ममा १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार भन्सार मूल्यका ११ लाख ११ हजार ५५६ वटा मोबाइल भित्रिएका छन् । उक्त मूल्यको ११ लाख १० हजार ५३० वटा स्मार्टफोन आयात भएर आएको तथ्यांकमा उल्लेख छ ।

    यी मोबाइल आयातबाट सरकारले ३ अर्ब ११ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा १५ अर्ब ५ करोड २७ लाख ९३ हजार रुपैयाँको १० लाख १५ हजार २८६ वटा स्मार्टफोन आयात भएको थियो । यो ६ महिनाभित्रमा करिव ५० वटा देशबाट स्मार्टफोन आयात भएका छन् । नेपालमा चिनियाँ र भारतीय ब्रान्डका स्मार्टफोन सबैभन्दा धेरै आयात हुने गरेको विभागको तथ्याकंले देखाएको छ । ६ महिनामा चीनबाट ८ लाख ५९ हजार ४२५ र भारतबाट २ लाख ४८ हजार १७१ वटा स्मार्टफोन आयात भएका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend