images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ५२.३६ अंकको वृद्धि,...

नेप्सेमा ५२.३६ अंकको वृद्धि, ९ अर्ब २० करोडको कारोबार

नेप्सेमा ५२.३६ अंकको वृद्धि, ९ अर्ब २० करोडको कारोबार

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकको वृद्धि भएको छ ।

    images
    images

    आइतबार १२.५८ अंक र सोमबार ६.७८ अंक र मंगलबार ५.०८ अंकले बजार बढेकोमा यसदिन ५२.३६ अंकले बजार बढेको हो । बजार खुलेदेखि नै निरन्तर बढ्दै गएर यसदिन नेप्से दुई हजार ६६५.४५ अंकमा बन्द भएको छ ।

    बुधबार सबै सूचकमा हरियाली देखिएको छ । आज सेन्सेटिभ इन्डेक्स ८.६५, फ्लट इन्डेक्स ३.२२ र सेन्सेटिभ इन्डेक्स २.६७ अंकले बढेको छ ।

    images
    images

    नेप्सेसँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ ।

    आज कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.२१ प्रतिशत  गुमाएका छन् ।

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend