images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • ट्रम्प चीनबाट आउने सामानमा अतिरिक्त महसुल...

ट्रम्प चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै

ट्रम्प चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  फेब्रुअरी १ देखि चीनमा बनेका सामानमा १० प्रतिशतको अतिरिक्त महसुल लगाउने योजना बनाएका छन् । 

    images
    images

    ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । यो कदमलाई सही ठहर्‍याउन उनले चीनले मेक्सिको र क्यानडा हुँदै फेन्टालिन नामक लागू औषध अमेरिका पठाइरहेको सन्दर्भलाई झिकेका थिए । 

    ट्रम्पले पदभार सम्हालेकै दिनमा मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिएका थिए ।

    images
    images

    त्यसको भोलिपल्ट चीनलाई यो चेतावनी दिइएको हो । अमेरिकाको नाम उल्लेख नगरीकन चिनियाँ उपप्रधानमन्त्रीले आफ्नो देशले व्यापार तनावमा दुबैलाई लागि जित–जितको अवस्था खोजिरहेको र आयात बढाउन चाहेको भनेका  थिए ।

     आफ्नो चुनावी अभियानयता नै ट्रम्पले चीन, मेक्सिको र क्यानडामाथि अतिरिक्त महसुल लगाउने चेतावनी दिँदै आएका थिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend