images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सुनचाँदी व्यवसायी महासंघ र प्रभु ईन्सुरेन्सबीच...

सुनचाँदी व्यवसायी महासंघ र प्रभु ईन्सुरेन्सबीच समझदारी

सुनचाँदी व्यवसायी महासंघ र प्रभु ईन्सुरेन्सबीच समझदारी

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु ईन्सुरेन्स कम्पनी लिमिटेडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सुनचाँदी व्यवसायको प्रवद्र्धन र व्यवसायीहरुलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो।

    images
    images

    महासंघका तर्फबाट महासचिव निर बहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जन साथै प्रभु ईन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट बजार विभाग प्रमुख समिर तामाङ र वित्त विभाग प्रमुख अरविन्द कुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरे ।उक्ता कार्यक्रममा प्रभु ईन्सुरेन्सका अध्यक्ष राजेन्द्र मल्ल, प्रमुख कार्यकारी अधिकृत सन्चित बज्रचार्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका किसान सुनारको समेत उपस्थिति थियो।

    समझदारी अनुसार, प्रभु ईन्सुरेन्सले सुनचाँदी व्यवसायीहरुका लागि विशेष बीमा योजना र सेवाहरु प्रदान गर्नेछ । यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पु¥याउनेछ । साथै, महासंघले व्यवसायीहरुबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवद्र्धन गर्न प्रभु ईन्सुरेन्ससँग सहकार्य गर्नेछ ।

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष किसान सुनारले भने, “यस समझदारीले सुनचाँदी व्यवसायीहरुको जोखिम व्यवस्थापनमा नयाँ सम्भावना खोल्नेछ । बीमाको माध्यमबाट व्यवसायीहरु थप सुरक्षित महशुस गर्नेछन् र व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्नेछन्।” त्यस्तै, प्रभु ईन्सुरेन्सका अध्यक्ष श्री राजेन्द्र मल्लले भने, “हामीले विशेष रुपमा डिजाइन गरिएको बीमा सेवा प्रदान गरेर सुनचाँदी व्यवसायको दिगो विकासमा सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं।”

    यस समझदारीपत्रले सुनचाँदी व्यवसायीहरुको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । यो पहलले व्यवसायीहरुमाझ बीमाको पहुँच वृद्धि गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

    प्रभु ईन्सुरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरुमार्फत व्यवसायीहरुको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend