images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य अंकको वृद्धि, ६...

नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब १९ करोडको कारोबार

नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब १९ करोडको कारोबार

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार १२.५८ अंक र दोस्रो कारोबार दिन सोमबार ६.७८ अंकले बढेको शेयर बजार निरन्तर तेस्रो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेको छ ।

    images
    images

    यसदिन नेप्से परिसूचक ५.०८ अंकले बढेर दुई हजार ६१३.०८ बिन्दुमा बजार बन्द भयो । आज १३ मध्ये ८ उपसमूहको शेयर बढ्दा पाँच उपसमूहको शेयरमूल्य घटेको छ भने कारोबारमा आएका २४३ कम्पनीमध्ये १०६ कम्पनीको शेयर बढ्दा १२९ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ । बाँकी ८ कम्पनीको शेयर स्थिर रहेको छ ।

    नेप्से बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब १९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend