images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • त्रिवि शिक्षण अस्पतालमा ५ महिनापछि पुनः...

त्रिवि शिक्षण अस्पतालमा ५ महिनापछि पुनः स्वास्थ्य बीमा कार्यक्रम

त्रिवि शिक्षण अस्पतालमा ५ महिनापछि पुनः स्वास्थ्य बीमा कार्यक्रम

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ ।गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

    images
    images

    अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको थियो ।अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प थियो ।

    स्थगन अवधिमा अस्पतालले ओपीडी र आकस्मिक सेवामा मात्र बीमा सुविधा उपलब्ध गराउँदै आएको थियो । त्रिवि शिक्षण अस्पतालमा २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो ।बोर्डबाट अझै करिब ७० करोड रुपैयाँ प्राप्त गर्न बाँकी र २० करोड रुपैयाँको दाबी प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

    images
    images

    डा. गुरुङका अनुसार गत असारसम्मको बाँकी रकम छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।देशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा पाँच महिनासम्म बीमा सेवा स्थगित हुँदा हजारौं बीमित बिरामीले समस्या भोग्नुपरेको थियो ।अस्पतालले जारी गरेको सूचनामा सबै प्रकारका बीमा सेवाहरू पूर्ववत् रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend