images

२०८३ कार्तिक १ गते

images
images
images

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद बाँडफाँड

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद बाँडफाँड

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर आज बाँडफाँड गरेको छ।

    images
    images

    कम्पनीले कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँमा बिक्री खुला गरेको थियो।

    बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ११ हजार ४६८ जना सेयरधनीलाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । 

    images
    images

    बाँडफाँडपछि कम्पनीको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बाँकी रहेको देखिन्छ। यसरी बाँडफाँडमा नपरेको सेयर लिलाम प्रक्रिया मार्फत बिक्री गरिने छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend