काठमाडौं । केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव राखेर माघ २९ गते वार्षिक साधारणसभा बोलाएको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा आव्हान गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीकै रजिष्टर्ड कार्याय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजदेखि बस्नेछ ।सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफ गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।




.gif)





