images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र...

भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमए बिच सम्झौता सम्पन्न

भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमए बिच सम्झौता सम्पन्न

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं ।  भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (ल्ब्म्ब्) अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल,  र अटोमोटिभ कम्पोनेण्ट म्यानुफयाक्चर्स एशोसिएशन बिच त्रिपक्षीय चार बुँदे सम्झौता सम्पन्न भएको छ । 

    images
    images

    उक्त सम्झौतामा एनएडिएका तर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार :

    १. यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढवा दिन नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल््यांकनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ । 

    images
    images

    २. अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्त्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पुर्‍याउन, गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन र यसको वृद्धिका लागि गुणस्तरीय तालिम क्षमताहरू उपलब्ध गराउने छ ।

    ३. तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरू पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न सिप विकाशका तालिमकर्ताहरू र मूल्यांकन कर्ताहरूको विकास गरिनेछ । 

    ४. भारतको अटोमोटिभ क्षेत्रको लागि सिप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी, र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसंग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पु¥याउने कार्य गर्नेछन । भनिएको छ ।

    यो ऐतिहासिक त्रिपक्षीय सझौता नेपाल र भारतविचमा खाशगरी नेपालको अटोमोवाइल क्षेत्रको सिप विकासको लागि कोशेढुङ्गा सावित हुने गहिरो विश्वास एनएडिएले लिएको छ । यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ । 

    सो हस्ताक्षर समारोहमा एयसडिसीकातर्फबाट अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसै गरी एसिएमएका तर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । 

    त्यस्तै, एनएडिएकातर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend