images

२०८३ आश्विन १९ गते

images
images
images

सोमबारदेखि अमेरिकामा टिकटक पुनःसञ्चालन

सोमबारदेखि अमेरिकामा टिकटक पुनःसञ्चालन

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • सोमबारदेखि टिकटकले अमेरिकामा पुनः सेवा सञ्चालन गरेको जनाएको छ। सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई यसको श्रेय दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। टिकटकले आइतबार अमेरिकामा सेवा बन्द गरेको थियो।

    images
    images

    टिकटकका चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर-चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा अमेरिकामा सेवा बन्द गरेका थिए। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएपछि टिकटक सेवा बन्द गर्न बाध्य भएको थियो। प्रतिबन्ध लाग्नुभन्दा एक दिन अघि नै टिकटकले सेवा बन्द गरेको जनाएको थियो।

    त्यसपछि चीनले पनि अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो। “अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौँ,” चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने।

    images
    images

    टिकटक धेरै वर्षदेखि अमेरिकामा सञ्चालन रहेको उल्लेख गर्दै उनले घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन सकारात्मक भूमिका खेलेको जिकिर गरेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend