images

२०८३ आश्विन १९ गते

images
images
images

पोखरा फाइनान्सको नाफा करिब ६४ करोड ऋणात्मक, शीर्घ सुधारात्मक कारबाहीमा ढिलाइ

पोखरा फाइनान्सको नाफा करिब ६४ करोड ऋणात्मक, शीर्घ सुधारात्मक कारबाहीमा ढिलाइ

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । पोखरा फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था हेर्दा नेपाल राष्ट्र बैंकले टेक ओभर गर्न ढिला भएको देखिएको छ । फाइनान्सको प्राथमिक पुँजीकोष अनुपात (टियर वान ३.१७) प्रतिशत ऋणात्मक छ ।

    images
    images

    प्रकाशित वित्तीय अवस्थाअनुसार फाइनान्सको पुस मसान्तसम्म ६३ करोड ७९ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सको नाफा २ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

    फाइनान्सको खुद ब्याज आम्दानी १४ करोड ३० लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १७ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालक नाफा ९५ करोड ७९ लाख २२ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा ४ करोड ३९ लाख १९ हजार रुपैयाँ थियो । वितरणयोग्य नाफा १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक छ ।

    images
    images

    फाइनान्सको रिटेर्न अर्निङ १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा ४६ करोड ८८ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । १ अर्ब ८ करोड २५ लाख ५६हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब ५ करोड ३७ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

    १० अर्ब ५५ करोड ९१ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ६ अर्ब ४० करोड ४ लाख ६३ हजार कर्जा लगानी गरेको छ । पाmइनान्सको निस्कृय कर्जा ३३.३४ प्रतिशत छ । प्रति सेयर आम्दानी ५८.९३ रुपैयाँ ऋणात्मक छ ।बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही २०७४ अनुसार पुँजीकोष ७५ प्रतिशतभन्दा कम भएमा समस्याग्रस्त घोषणा गर्न सकिने व्यवस्था छ । टियर १ ऋणात्मक हुँदा नेपाल राष्ट्र बैंक ऐन दफा ८६ अनुसार कारबाही हुन्छ ।

    फाइनान्सलाई राष्ट्र बैंकले अघिल्लो साता नै किन समस्याग्रस्त घोषणा नगर्ने भनेर स्पष्टीकरण सकेको छ । फाइनान्सको कुन वाणिज्य बैंकमा कति निक्षेप छ भनेर सबै बैंकसँग विवरण समेत माग गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend