images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन...

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।

    images
    images

    कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    images
    images

    रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

    यो आईपीओमा एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो । २०८० जेठ ८ मा नेपाल बिमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती प्राप्त गरेको  थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको हो ।

    यस कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७०५ रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३०५ रहनेछ ।न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बिमा सेवा पुर्याउने लक्ष्य लिई कम्पनी स्थापना भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend