images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • आज ह्वाइट हाउस प्रवेश, ट्रम्पले रेकर्ड...

आज ह्वाइट हाउस प्रवेश, ट्रम्पले रेकर्ड तोड्ने गरी कार्यकारी आदेश जारी गर्ने

आज ह्वाइट हाउस प्रवेश, ट्रम्पले रेकर्ड तोड्ने गरी कार्यकारी आदेश जारी गर्ने

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्प आज ह्वाइट हाउस प्रवेश गर्दैछन्। सोमबार १२ बजे हुने उनको शपथ ग्रहणका लागि अमेरिकामा भव्य तयारी गरिएको छ। त्यसभन्दा अघि उनी सेन्ट जोन्स चर्चमा बिहानको प्रार्थनामा सहभागी हुनेछन्।

    images
    images

    राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजना हुने भव्य समारोहका बीच वर्तमान राष्ट्रपति जो बाइडनले उनलाई सत्ता हस्तान्तरण गर्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

    शपथ ग्रहण पछि पदभार ग्रहण गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न नियुक्ति र आदेश जारी गर्ने बताइएको छ। राष्ट्रपति निर्वाचित भएपछिको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शपथ ग्रहणको पहिलो दिन नै रेकर्ड तोड्ने गरी कार्यकारी आदेश जारी गर्ने बताएका थिए। उनको कार्यकारी आदेश राष्ट्रपति निर्वाचनको समयमा गरेको प्रतिबद्धतामा केन्द्रित हुने बताइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend