images

२०८३ आश्विन २० गते

images
images
images

धादिङ बेसीमा माघ १० देखि हुने लोक सांस्कृतिक महोत्सवको तयारी

धादिङ बेसीमा माघ १० देखि हुने लोक सांस्कृतिक महोत्सवको तयारी

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • धादिङ । “लोकसंस्कृति प्रवर्द्धनको सारस् पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ माघ १० देखि २० गतेसम्म धादिङबेसीमा हुने पहिलो लोक साँस्कृतिक महोत्सव २०८१ को तयारी धमाधम हुँदै छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गर्न लागेको छ ।

    images
    images

    रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले सञ्चारकर्मीहरुसँग बताए ।शनिबार महोत्सवको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरे, भरत बराकोटी लगायतका आयोजक टिम र सामुदायिक संचार तथा विकास केन्द्र धादिङका कोरालाको टिमले महोत्सवमा एकसय स्टल हुने, १ लाख दर्शकले अवलोकन गर्ने, र तीन करोडको कारोबार हुने लक्ष्य राखेको जानकारी दिएको छ ।

    पर्यटकीय हिसावले उल्लेख्य भौगोलिक गन्तब्यहरुसँगै सांस्कृतिक विविधताले भरिएको जिल्ला धादिङका सवै पालिकाहरु एवं जातीय संघसंस्थाहरुको सहकार्य एवं प्रदेश र संघ सरकारको कला संस्कृतिको संरक्षण तथा प्रवर्धनात्मक अभियानहरुमा समेत टेवा दिँदै महोत्सवमा अन्तरपालिका लोकदोहोरी प्रतियोगिता हुने छ ।

    images
    images

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमशस् ५० हजार, ३० हजार २० हजार नगद पुरस्कार प्रदान गरिने छ । विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतीहरू तथा राष्ट्रियस्तरका कलाकारहरूको विशेष प्रस्तुती प्रमुख आकर्षणका रूपमा रहनेछन् ,महोत्सबमा लोक सँस्कृति, परम्पराको संरक्षण र प्रवर्धन गर्न लोकदोहोरी, मारुनी, तामाङसेलो र चर्चित राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती, झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने जानकारी दिइयो । स्थानीय कला संस्कृतिको प्रवर्धनबाट आन्तरिक तथा वाह्य पर्यटनको ब्यापक प्रवर्धन गरि मनग्य प्रगति गरिरहेका नेपालका प्रसीद्ध पर्यटकीय क्षेत्रहरुमा झैँ धादिङ जिल्लाको पनि विभिन्न पालिकाहरुमा सञ्चालित होमस्टेहरुमा प्रस्तुत गर्न सकिने मौलिक सांस्कृतिक प्रस्तुतीहरु सहित समग्र जिल्लालाई सांस्कृतिक विविधतायुक्त जिल्लाको चिनाउन पनि धादिङ लोकसांस्कृतिक महोत्सव आयोजना हुँदैछ ।

    महोत्स्वबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई पप्ठेरो परेको बेला आवस्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि “कलाकार कल्याणकारी कोष” स्थापना गर्ने लक्ष राखिएको छ ।साँस्कृतिक विविधतासंगै हुने खाना, परिकार र पहिरन, गणेश हिमाल पैदल मार्ग, त्रिशुली प्याटिङ, प्रचुर सम्भावना रहेको बुढिगण्डकी जलाशय युक्त जल विद्युत आयोजना, गंगा जमुना झरना, चमेरे गुफा, भैरवी मन्दिर, मैदीकोट, ढोला मण्डलीमाई, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक लगाएत यहांका आकर्षक पर्यटक गन्तव्यहरु ऐतिहासिक सम्पदाहरुको महोत्सबले प्रबर्धन गर्ने लक्ष राखेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend