images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • माघ २८ गते नेपाल लाइफले...

माघ २८ गते नेपाल लाइफले बोलायो २५ औँ वार्षिक साधारण सभा

माघ २८ गते नेपाल लाइफले बोलायो २५ औँ वार्षिक साधारण सभा

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

    images
    images

    माघ ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारण सभा माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्ता पुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत् राख्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

    images
    images

    सभाले बोनस शेयर वितरणपछि जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले नियमावली र प्रबन्ध पत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। प्रबन्ध पत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ।सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend