images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्से १२.५८ अंकले बढ्यो,...

नेप्से १२.५८ अंकले बढ्यो, ६ अर्ब २५ करोडको कारोबार

नेप्से १२.५८ अंकले बढ्यो, ६ अर्ब २५ करोडको कारोबार

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली देखिएको छ । यसदिन नेप्से परिसूचक १२.५८ अंकले बढेर दुई हजार ६०१.२१ अंकमा बजार बन्द भयो ।

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स २.४१, फ्लट इन्डेक्स ०.८८ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.७२ अंकले बढेको छ भने १३ उपसमूहमध्ये १० उपसमूहको शेयर उकालो लागेको छ । आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार समूहको शेयर भने घटेको छ ।

    यसदिन कारोबारमा आएका २४३ कम्पनीमध्ये १७१ कम्पनीको शेयरमूल्य बढ्दा ६८ कम्पनीको शेयर भने घटेको छ । चार कम्पनीको शेयर स्थिर रहेको छ । आज बोटलर्स नेपाल (बालाजु)को शेयरमा सकारात्मक सर्किट लाग्दा सुपर मादी हाइड्रोका लगानीकर्ताले भने सर्वाधिक १० प्रतिशतले गुमाएका छन् ।

    images
    images

    आज कारोबार रकम पनि बढेको छ । गत साता अन्तिम कारोबार दिन बिहीबार पाँच अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend