images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • १०६ मेगावाटको जगदुल्ला जलविद्युतले निकाल्यो आयोजनाको...

१०६ मेगावाटको जगदुल्ला जलविद्युतले निकाल्यो आयोजनाको ठेक्का

१०६ मेगावाटको जगदुल्ला जलविद्युतले निकाल्यो आयोजनाको ठेक्का

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत कम्पनीले पुनः ठेक्का आह्वान गरेको छ।जगदुल्ला हाइड्रोपावर कम्पनीले सिभिल र हाइड्रोमेकानिकल कामको लागि फागुन २१ गतेसम्म आवेदन दिन सक्ने गरी ठेक्का आह्वान गरेको हो।

    images
    images

    यसअघि आयोजनाले जेठ २० गते आयोजनाको यही कामको लागि ठेक्का आह्वान गरेकोमा गत पुस २३ गते रद्द गरिएको थियो।सो सयम चारपटक म्याद थपिएकोमा अन्तिम म्यादको अन्तिम समयसम्ममा ७ वटा कम्पनीको आवेदन परेको थियो।

    जेआइइसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङदिङ इन्टरनेसनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजिई कम्पनी, सिनो हाइड्रो कर्पोरेसन, जेसिई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेवा जेभी कन्स्ट्रक्सनले संयुक्तरुपमा आवेदन दिएका थिए।

    images
    images

    आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रक्र्युमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा ठेक्का आह्वान गरिएको छ।
    रन अफ रिभरमा आधारित यो १०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

    डोल्पा जिल्लाको मुडकेचुला गाउँपालिकामा यो आयोजना २२ करोड (करिब २४ अर्ब) रूपैयाँ लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ।यसमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को १० प्रतिशत, नेपाल विद्युत प्राधिकरणको ९ प्रतिशत लगानी छ।

    त्यस्तै, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक/एक प्रतिशत बराबरको सेयर स्वामित्व छ।सर्वसाधारणमा आइपिओ जारी गरेर ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन÷तीन प्रतिशत बराबरको सेयर लगानी रहने व्यवस्था गरिएको छ।

    नबिल बैंकको नेतृत्वमा ऋण लगानी जुटेको छ। यसमा बैंकले चार अर्ब ४० करोड, एचआइडिसिएलले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ५० करोड बराबर लगानी गर्ने भएका छन्।jagadulla-1737276157.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend