images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • आज रातिबाट माथिल्लो तामाकोसी ‘पिकिङ...

आज रातिबाट माथिल्लो तामाकोसी ‘पिकिङ मोडमा’ चलाइने, लोड व्यवस्थापन सहज हुने

आज रातिबाट माथिल्लो तामाकोसी ‘पिकिङ मोडमा’ चलाइने, लोड व्यवस्थापन सहज हुने

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आइतबार रातीदेखि पिकिङ मोडमा सञ्चालन गरिने भएको छ ।मर्मत सम्भारपछि रन अफ दि रिभर प्रकृतिमा सञ्चालन हुँदै आएको आयोजना अर्ध-जलाशय (पिकिङ रन अफ दि रिभर) मा सञ्चालन गर्न लागिएको हो ।

    images
    images

    ‘हामीले शनिबार बिहान ७ बजेदेखि आइतबार राति ८ बजेसम्म बन्द गरेका छौं । यो समयमा हामीले स्काफोल्डिङ हटाउने, ग्राउटिङ गर्नेलगायतका काम गरेका छौं,’ माथिल्लो तामाकोसी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले भने, ‘आजैबाट पिकिङ मोडलमा चलाउँछौं । ४५६ मेगावाटसम्म उत्पादन हुन्छ । यसले बिहान बेलुकी प्राधिकरणलाई लोड व्यवस्थापनमा सहज हुन्छ ।’

    गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको थियो । नदीमा उपलब्ध पानीको बहावलाई पूर्णरुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

    images
    images

    अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।

    गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो ।केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न  गोंगर-खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो।दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो ।

    आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ ।पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको थियो ।

    डिस्याण्डरको बाँकी मर्मतसम्भारपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend