images

२०८३ आश्विन २१ गते

images
images
images

६ महिनामा सुठौली भन्सारमा ४० करोड बढी राजस्व संकलन

६ महिनामा सुठौली भन्सारमा ४० करोड बढी राजस्व संकलन

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ४० करोड बढी राजस्व संकलन भएको छ। साउनदेखि पुससम्ममा ४० करोड ७८ लाख ६७ हजार राजस्व संकलन भएको हो।

    images
    images

    जुन वार्षिक लक्ष्यको ५० प्रतिशत बढी हो। भन्सार प्रमुख नारायण गैरेले सुठौली भन्सारले ६ महिनामा तोकिएको वार्षिक लक्ष्यको  ५० प्रतिशत बढी राजस्व उाठउन सफल भएको बताए। ६ महिनाको लक्ष्य भने १०४ प्रतिशत हो।सुठौली भन्सारको वार्षिक लक्ष्य ८० करोड तोकिएको छ। गत आर्थिक वर्ष २०७९/८० को ६ महिनामा करिब २० करोड रूपैयाँ राजस्व उठेको थियो। सबैभन्दा बढी मंसिर महिनामा सात करोड २० लाख ४४ हजार लक्ष्य तोकिएकोमा १० करोड ७८ लाख ९४ हजार संकलन भएको छ। जुन मासिक लक्ष्यको झन्डै १५० प्रतिशत हुन्छ।

    यस्तै पुसमा सात करोड ७० लाख चार हजार लक्ष्य तोकिएकोमा १० करोड ५२ लाख ४७ हजार संकलन भएको छ। कात्तिकमा ६ करोड ६० लाख ६ हजारको लक्ष्यमध्ये पाँच करोड ७८ लाख ८१ हजार, असोजमा पाँच करोड ८६ लाख ३५ हजारको लक्ष्य मध्ये चार करोड ७२ लाख ४३ हजार राजस्व उठेको छ।यस्तै भदौको ६ करोड ७२ लाख १८ हजारमध्ये चार करोड ६२ लाख ७१ हजार र साउनमा ६ करोड आठ लाख ५५ हजारमध्ये चार करोड ३३ लाख तीन हजार उठेको छ। आयत, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो।

    images
    images

     सुठौली भन्सार कार्यालयका प्रमुख नारायण गैरेले अघिल्लो आर्थिक वर्ष दोब्बर बढी राजस्व संकलन भएको बताए। उनले फलफूल, कोइला, धान खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरूबाट राजस्व संकलन भएको हो। दुई वर्ष अघिसम्म यो नाकाबाट मार्बल र टायल्ससमेत आयात हुने गर्दथ्यो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend