images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • गुराँस लघुवित्तको खुद नाफा १ करोड...

गुराँस लघुवित्तको खुद नाफा १ करोड ५४ लाख

गुराँस लघुवित्तको खुद नाफा १ करोड ५४ लाख

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा १०० प्रतिशतले वृद्धि भएको छ।

    images
    images

    चालू आवको पुस मसान्तसम्म यस कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जबकि गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ७७ लाख रुपैयाँ मात्रै थियो।समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ७९ लाख रुपैयाँबाट वृद्धि भएर २ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यसै अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९५.३४ प्रतिशतले वृद्धि भएर ५ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन गत आवमा २ करोड ८९ लाख रुपैयाँ थियो।

    गत आवको पुस मसान्तसम्म कम्पनीले ४ करोड २९ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो, जुन चालू आवको सोही अवधिमा बढेर ७ करोड १३ लाख रुपैयाँ पुगेको छ।यस्तै समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) २६.७० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६.८३ रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ रहेको छ। कम्पनीको आधार दर १३.०६ प्रतिशत छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend