images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • २८.३०४ मेगावाटको मध्य चमेलिया निर्माण...

२८.३०४ मेगावाटको मध्य चमेलिया निर्माण हुँदै, २०२९ जुनमा निर्माण सम्पन्न हुने

२८.३०४ मेगावाटको मध्य चमेलिया निर्माण हुँदै, २०२९ जुनमा निर्माण सम्पन्न हुने

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित चमेलिया नदीको पानीलाई उपयोग गरी यो आयोजना निर्माण हुने भएको छ । यो नदी प्रवाहमा आधारित आयोजना हो । यो आयोजनाबाट वार्षिक  सरदर १८५.६२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

    images
    images

    दार्चुला पावर लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।यो आयोजनाको अध्ययन पूरा भएको छ ।  डिजाइन डिस्चार्ज २५.१७ घनमिटर प्रतिसेकेण्ड छ । ९.६६ मिटर अग्लो बाँध चमेलिया नदी र घट्टेखोलाको दोभानबाट करिब ५०० मिटर मार्मा गाउँपालिका-२ नजिकै अवस्थित रहने छ । ७ हजार ८० मिटर  हेडरेस टनेल निर्माण गरिनेछ  । अर्ध सतही प्रकृतिको विद्युत गृह निर्माण हुनेछ । आयोजनाबाट उत्पादित बिजुली ८.५ किमी लामो १३२ केभी सिंगल प्रसारणलाइन मार्फत नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा लगिनेछ ।

     यो आयोजनाबाट २०२९ जुन १० सम्म निर्माण सम्पन्न गरिनेछ । कम्पनीले जेनेरेस लाइसेन्स (उत्पादन अनुमतिपत्र) लिने पक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । लाइसेन्स लिएपछि काम सुरु गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend