images

२०८३ आश्विन १९ गते

images
images
images

आरएसडीसी लघुवित्तको खुद नाफामा गिरावट

आरएसडीसी लघुवित्तको खुद नाफामा गिरावट

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट भएको छ ।चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा संस्थाले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    images
    images

    संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

    संस्थाको खराब कर्जा भने साढे दुई प्रतिशत नाघेको छ । यस अवधिमा संस्थाको खराब कर्जा २.७१ प्रतिशत पुगेको छ ।दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ ।लघुवित्तको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ । यसका साथै कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घट्दा खुद फी तथा कमिसन आम्दानी ७४.९१ प्रतिशत घटेको छ ।

    images
    images

    पुस मसान्तसम्ममा संस्थाको चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ छ भने ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend