images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • यो साता पनि सुन र चाँदी...

यो साता पनि सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भयो

यो साता पनि सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भयो

images
images
शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • काठमाडौंः यो साता पनि सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुति सँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको सम्भावनाका कारण सुनको भाउमा वृद्धि आएको विश्लेषकहरुको भनाई छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन अर्थात, आइतबार (पुस २८ गते) प्रति १० ग्राम १ लाख ३३ हजार ४९० रुपैयाँ रहेको सुनको भाउ शुक्रबार सम्म आइपुग्दा प्रति १० ग्राम १ लाख ३५ हजार ३७५ रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा भाउ प्रति १० ग्राम १ हजार ८८५ रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको छ । 

    यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५९४ रुपैयाँ ५० पैसा पुगेको मूल्य शुक्रबार सम्म आइपुग्दा प्रति १० ग्राम १ हजार ६ सय २० रुपैयाँ ५० पैसा कायम भएको छ  । 

    images
    images

    महंगीको डर र विश्वव्यापी अस्थिरताको प्रभावले यो हप्ता सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको जनाइएको छ। जसमा महंगीको डर, भू–राजनीतिक तनाव र केन्द्रीय बैंकहरुको खरिदको प्रभाव परेको छ ।

    यी कारणले बढ्यो सुनको भाउ

    महंगी र नीति सम्बन्धी चिन्ता

    सुनमा लगानीकर्ताको चासो बढेको छ । अमेरिकी आर्थिक नीतिहरुको अनिश्चितताबीच सुरक्षित लगानीका रुपमा सुन आकर्षक बन्न पुगेको छ । अमेरिकी खुद्रा बिक्री र रोजगारीको तथ्यांकले महंगी बढ्ने संकेत देखाएको छ, जसले कडा मौद्रिक नीतिप्रति डर बढाएको छ । सुनलाई परम्परागत रुपमा महंगी विरुद्धको सुरक्षित विकल्प मानिने भएकाले यसको मागमा वृद्धि भएको हो ।

    केन्द्रीय बैंकहरुको सक्रियता

    विशेष गरी चीनको केन्द्रीय बैंकले आफ्नो मुद्रा भण्डारलाई विविधीकरण गर्नका लागि सुन खरिदलाई निरन्तरता दिएको छ । यसले सुनको मूल्यमा उल्लेखनीय वृद्धि ल्याएको हो । 

    वैश्विक भू–राजनीतिक अस्थिरता

    विभिन्न क्षेत्रमा बढ्दो भू–राजनीतिक तनावले पनि सुनको मूल्य वृद्धिमा भूमिका खेलेको छ । अस्थिर विश्व परिदृश्यमा लगानीकर्ताहरु स्थिरता खोजिरहेका छन्, जसले सुनलाई आकर्षक सम्पतिका रुपमा प्रस्तुत गरेको छ । बजार विश्लेषकहरुले निकट भविष्यमा यी प्रवृत्तिहरु जारी रहने अपेक्षा गरेका छन्, र सुनलाई सुरक्षित लगानीको रुपमा रुचि कायम रहने देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend