images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ...

बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ मनोनित भएका छन्। इप्पानले आफ्नो विधानमा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको हो ।
    डेढ दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड, र एटलस इनर्जी प्राइभेट लिमिटेडमा अध्यक्ष छन् । त्यस्तै उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको संचालक समिति सदस्य हुन्।
    बुद्धभूमि नेपालले नुवाकोटमा ४.९९३ मेगावाटको लोवर तादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैत्र १० गतेदेखि ब्यापारिक उत्पादन गरिरहेको छ। एबीपी इनर्जीले नुवाकोट मै ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
    ह्याप्पी इनर्जीले संखुवासभामा ४० मेगावाटको अप्पर संखुवाखोला आयोजना निर्माण गरिरहेको छ भने एटलस इनर्जीले ३०।२४ मेगावाट क्षमताको मध्य घुन्साखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ।
    इप्पानले ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरूलाई सल्लाहकार मनोनयन गर्ने गरेको छ । इप्पानले आज आफ्नो रजत जयन्ती समारोहको अवसरमा विविध कार्यक्रम गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend