images

२०८३ आश्विन २१ गते

images
images
images

पुसमा एक तिहाइले बढ्यो घरजग्गा कारोबार, ४ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन

पुसमा एक तिहाइले बढ्यो घरजग्गा कारोबार, ४ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौँ । पुस महिनामा घरजग्गाको कारोबार एक तिहाइले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्ष पुस महिनामा देशभरका मालपोत कार्यालयबाट घरजग्गा सम्बन्धी ९ हजार १३१ वटा सेवा प्रवाह भएका थिए । यो वर्षको पुसमा यो संख्या १२ हजार २३६ पुगेको छ । यो ३४.०१ प्रतिशत बराबरको वृद्धि हो ।

    images
    images

    यस्तै लिखत पारित ३९.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुसमा ३ हजार ४३४ वटा लिखत पारित भएकोमा यो वर्षको सोही महिनामा यो संख्या बढेर ४ हजार ७७७ पुगेको हो ।अघिल्लो वर्षको पुसमा १९९ वटा संशोधन भएकोमा यो वर्ष बढेर ६२२ पुगेको छ, जुन तेब्बरभन्दा धेरैको वृद्धि हो ।त्यस्तै, यो अवधिमा हालसाविकको संख्या ३१ प्रतिशतले बढेर ४४६ वटा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यो संख्या ३४० थियो ।

    पुस महिनामा जग्गा फुकुवाको संख्या साढे पाँच गुणाले बढेको छ । अघिल्लो पुसमा २९५ वटा जग्गाको फुकुवा भएकोमा यो वर्षको पुसमा  १६४६ वटा जग्गा फुकुवा भएका हुन् ।table1

    images
    images

    यो महिनामा जग्गा दर्ताको संख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्ष पुस महिनामा ६ वटा जग्गा दर्ता भएकोमा यो वर्षको पुसमा ८५ वटा जग्गा दर्ता भएको हो । यो महिनामा ८ वटा अपार्टमेन्टको लिखत पारित भएका छन् । अघिल्लो वर्ष ६ यो महिनामा वटाको लिखत पारित भएको थियो ।यस्तै, अघिल्लो वर्ष २६९ वटा दाखिल खारेज भएकोमा यो वर्षको पुसमा उक्त संख्या बढेर ४९५ पुगेको छ, जुन ८४ प्रतिशतको वृद्धि हो ।

    यो अवधिमा नामसारी तथा जग्गा रोक्काको संख्या भने ह्वात्तै घटेको छ । अघिल्लो वर्ष पुसमा ६८५ वटा नामसारी भएकोमा यो पुसमा घटेर ४८४ वटा पुगेको हो । कुनै व्यक्तिको मृत्यु ता अंशबण्डा हुँदा जग्गाको नामसारी गरिन्छ । 

    ३३ प्रतिशतले बढ्यो राजस्व

    यो अवधिमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्वसमेत बढेको छ । विभागका अनुसार देशभरका मालपोत कार्यालयले एक महिनाको अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाएका छन् । अघिल्लो वर्षको पुसमा यस्तो राजस्व ३ अर्ब २० करोड रुपैयाँमात्रै रहेको थियो, जुन झण्डै ३२.६६ प्रतिशत बढी हो ।  यो वर्ष पुसमा सेवा करबापत ३० करोड ४३ लाख रुपैयाँ सङ्कलन भएको छ । जबकि अघिल्लो वर्ष पुसमा सेवा करबापत २६ करोड २० लाख रुपैयाँ सङ्कलन भएको थियो ।

    त्यस्तै, रजिष्ट्रेसन शुल्कबापत यो पुसमा २ अर्ब ६८ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्ष पुसमा २ अर्ब १२ करोड रुपैयाँ रजिष्ट्रेसन शुल्कबापत सङ्कलन भएको थियो ।समीक्षा अवधिमा पुँजीगत लाभकर बापतको आम्दानीमा ४६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो पुसमा १ अर्ब १० करोड रुपैयाँ रहेको पुँजीगत लाभकर यो वर्ष १ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।table2

    पुस महिनाको राजस्वसँगै घरजग्गा कारोबारबाट ६ महिनामा मात्रै २० अर्ब ८३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १८ अर्ब २५ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । समीक्षा अवधिमा राजस्व सङ्कलनमा करिब १४ प्रतिशतको वृद्धि देखिएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend