images

२०८३ आश्विन २१ गते

images
images
images

स्थापनाको ३ वर्षमै हिमालयन रिको सफलताः ३ दर्जन देशमा बिजनेस, नाफा अर्बभन्दा बढी

स्थापनाको ३ वर्षमै हिमालयन रिको सफलताः ३ दर्जन देशमा बिजनेस, नाफा अर्बभन्दा बढी

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । निजी क्षेत्रको एकमात्र पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्स दिनानुदिन ठूलो र सबल कम्पनी बनिरहेको छ । हिमालय रि ठूलो साथै अब्बल पनि बनिरहँदा व्यवसाय सञ्चालनमा इफिसिएन्सीमा सुधार भइरहेको छ भने उत्पादकत्व निकै बढेको छ ।

    images
    images

    केही वर्षको अनुभवका बावजुद पनि छोटो समयमा गरेको व्यापार विस्तारका कारण हिमालयन रिको यात्रामा नयाँ उचाई हासिल भएको छ । सर्वसाधारणमा जारी गरेको आईपीओ निष्काशनले थप गरेको चुक्ता पूँजीले कम्पनीको तरलता प्रोफाइल र पूँजीकरणमा सबलीकरण मिलेको छ । अर्कातर्फ नियामकीय व्यवस्थाबाट मिलेको साथले हिमालयन रिलाई व्यवसाय विस्तारमा सहजता मिलेको छ । नेपाल बिमा प्राधिकरणले घरेलु बजारको पुनर्बिमा व्यापारमा बिमाशुल्क र जोखिम दुवैको एउटा हिस्सा सुनिश्चित गरिदिएको छ ।

    घरेलु बिमा बजारमा निर्भर रहँदै गर्दा बावजुद पछिल्लो समयमा वैदेशिक पुनर्बिमा बजारको व्यापारमा वृद्धि र अन्तरसीमा पुनर्बिमा कारोबारका लागि भारतीय बिमा नियामकबाट प्राप्त स्वीकृतले समेत कम्पनीलाई नयाँ उचाइ हासिल गर्न सघाउ पुगेको छ ।कम्पनीले निरन्तर रुपमा एकपछि अर्को उपलब्धि हासिल पनि गरिरहेको छ । भारतको बिमासम्बन्धि नियमनकारी निकाय (इन्स्योरेन्स रेगुलेटरी एन्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया)बाट भारतको पुनर्बिमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमै विश्वप्रसिद्ध भारतीय पुनर्बिमा कम्पनी जीआईसी रिको पुनर्बिमा ट्रिटीमा हिस्सा प्राप्त गरेको थियो । यो गत जेठको कुरा हो ।

    images
    images

    स्थापनाको चौथो वर्षमा सञ्चालनमा रहेको निजी श्रेत्रको एकमात्र रिइन्स्योरेन्स कम्पनीलाई जिआईसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न आत्मविश्वास मिलेको थियो । त्यसअघि विश्व प्रशिद्ध रेटिङ एजेन्सी एएमबेस्टले बीप्लस रेटिङ दिँदा हिमालयन रिको शाख थप उँचो बनेको थियो ।हिमालयन रिइन्स्योरेन्सले हालसम्म भारतसहित करिब ३ दर्जन मुलुकहरुमा व्यवसाय विस्तार गर्न गरिसकेको छ ।

    हिमालयन रि अब्बल बन्नुको कारण यतिमै सिमित छैन । आर्थिक वर्ष २०८०।८१ मा पर्याप्त सोल्भेन्सी अनुपात र गुणस्तरीय मुद्दती निक्षेपले पनि कम्पनीको वित्तीय स्थिति सबल बनाएको छ । निजी क्षेत्रको बहुमत स्वामित्व र सरकारी स्वामित्वको दुई ठूला वाणिज्य बैंक (नेपाल र राष्ट्रिय वाणिज्य)को पूँजी लगानी पनि सकारात्मक पक्ष हुन् ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा हिमालयन रिका सञ्चालक समिति अध्यक्ष हुन् । यसैगरी वित्तीय संस्थामा देशकै कान्छी र बिमा क्षेत्रकी एक्ली महिला प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले हिमालयन रिको व्यवस्थापन पक्षको नेतृत्व गरेकी छिन् । गोल्छा र पौडेलको छवि एवम् नेपाली तथा विदेशी कम्पनीको अनुभव बटुलेका र क्षेत्रगत अनुभव हासिल गरेको टिमले पनि हिमालयन रिलाई अब्बल बनाइरहेका छन् ।

    डेढ वर्षअघि बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)ले नेपाली बिमा कम्पनीले डाइरेक्टसेसन अन्तर्गत २० प्रतिशत र ट्रिटी रिइन्स्योरेन्सअन्तर्गत ३० प्रतिशत पुनर्बिमा नेपाली कम्पनीमै गर्नु पर्ने निर्देशन दिएको थियो । जसअनुसार नेपाली कम्पनीको व्यवसायमा साथ दिँदै सरकारले दुई पुनर्बिमा कम्पनीलाई १०–१० प्रतिशत व्यवसाय सुनिश्चित गरिदिएको छ । साथै सवारी, कृषि, लघु र विविध बिमाको पुनर्बिमा पनि नेपाली कम्पनीमै गनै प्राथमिकता दिन निर्देशन दिएको छ । यी नियामकीय प्रावधानले कम्पनीको व्यवसायमा एक प्रकारको कुसन मिलेको छ । बिमा प्राधिकरणले डाइरेक्ट सेसन वार्षिक २ प्रतिशतका दरले हटाउने निर्णय गरिसक्दा हिमालयनको अन्डरराइटिङ नाफापन घट्ने सम्भावना छ । तर, सुरुका वर्षमा हिमालयन रिलाई लाभ नै भइरहेको छ ।

    प्रिमियममा आईपीओ जारी गरी उच्च तरलता प्रोफाइल बनाएको हिमालयन रिले नियामकको निर्देशनअनुसार अनिवार्य प्राविधिक जगेडा र बिमाकोषमा आवश्यक रकम पनि छुट्याएको छ ।कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ४६ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको छ भने सोही अवधिमा २ अर्ब ७५ करोड रुपैयाँ खुद दाबी परेको थियो । गत आवमा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनीको ईपीएस १२.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ र पीई रेसियो ४७.१५ थियो ।यता चालु आव अर्थात् आर्थिक वर्ष २०८०।८१ को पहिलो ३ महिनामा कम्पनीले ९३ करोड खुद प्रिमियम आर्जन गर्दा ४९ करोडको खुद दाबी परेको छ । ३ महिनामा कम्पनीको नाफा करिब २३ करोड र ईपीएस ८.७१ रुपैयाँ रहेको छ । असोज मसान्तको तथ्यांकअनुसार १५९.१६ रुपैयाँ नेटवर्थ रहेकामा पीई रेसियो १०३.५६ छ ।

    हिमालयन रिको इफिसियन्सी र उत्पादकत्व व्यवस्थापन खर्च खुद प्रिमियम आर्जनको १२ प्रतिशतमात्र हुनु, कमिसन खर्च २५ प्रतिशतमात्र हुनुले पनि देखाउँछ ।यद्यपि रेट्रोसेसनले भने कस्तो नतिजा दिन्छ भन्ने हेर्न बाँकी छ । बढ्दो पोर्टफोलियोको माझ हिमालयनको कुल रेट्रोसेसन कभरेज मध्यम देखिन्छ । नेपाल र भारतमा कार्यअनुभव भएको उच्च व्यवस्थापन टिमले गर्ने सम्भावित नोक्सानीको हिसाबले नै रेट्रोसेसन कभरेज तय गर्दछ । यद्यपि आक्रामक रेट्रोसेसन रणनीतिले देशमा ठूलो प्रकोप आएको खण्डमा कम्पनीको नाफा र सोल्भेन्सीमा समस्या निम्त्याउने जोखिम छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend