images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्य निरन्तर बढ्दै, तोलाको १...

सुनको मूल्य निरन्तर बढ्दै, तोलाको १ लाख ५८ हजार नजिक

सुनको मूल्य निरन्तर बढ्दै, तोलाको १ लाख ५८ हजार नजिक

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

    बुधबार (अस्ति) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । बुधबारको तुलनामा बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढेर कारोबार भएको थियो ।

    images
    images

    शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend