images

२०८३ आश्विन २१ गते

images
images
images

साढे दुई करोडको लगानीमा खुल्यो 'एयरपोर्ट बजेट होटल'

साढे दुई करोडको लगानीमा खुल्यो 'एयरपोर्ट बजेट होटल'

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'एयरपोर्ट बजेट होटल' सञ्चालनमा आएको छ।एयरपोर्ट बजेट होटल गत पुसबाट सञ्चालनमा आएको हो।विमानस्थलबाट १ मिनेटको पैदल यात्रा गरेर बजेट होटल पुग्न सकिन्छ। यो होटलको निर्माण २०८० सालदेखि थालिएको थियो।

    images
    images

    हाल सञ्चालनमा ल्याइएको बजेट होटलमा नेपाली, इन्डियन तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकार सहितको रेष्टुरेन्ट एण्ड बार, सुविधा सम्पन्न २३ वटा सुपर डिलक्स कोठाहरू छन्।विमानस्थल नजिकै खुलेको बजेट होटल विदेशी र आन्तरिक दुवैखाले पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याएको लगानीकर्ता बासुदेब न्यौपानेले जानकारी दिए।  

    एयरपोर्ट बजेट होटल पशुपतिनाथ मन्दिरबाट मात्र ५ मिनेटमा पुग्न सकिन्छ। साढे दुई करोड रूपैयाँ लगानीमा नयाँ स्वरुपका साथ होटल सञ्चालनमा ल्याएको सञ्चालक न्यौपानेले जानकारी दिए। न्यौपानेले एयरपोर्टमा स्तरीय होटल अभाव रहेको अवस्थामा होटल व्यवसाय व्यवस्थित नहुँदा पर्यटक भित्र्याउन समस्या भइरहेको बेला एयरपोर्ट बजेट होटलले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले एयरपोर्टमा सहुलियत मूल्यमा राम्रो सेवा सुविधा दिने होटल अब बजेट होटल बन्ने आशा व्यक्त गरे। 

    images
    images

    एयरपोर्टमा स्थानीय सरकारको पहल, पर्यटन एवं होटल व्यवसायीहरूको लगानीमा अझ सुविधा सम्पन्न होटलहरू खोलिन आवश्यक रहेको उनको भनाइ छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend